बुरुन्डीमा बाढीमा परी कम्तीमा २९ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित



 

गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ ।

पूर्वी अफ्रिकामा हालका साताहरूमा मुसलधारे वर्षा भइरहेको छ । यसबाट यस क्षेत्रका केही भाग विशेषगरी केन्या र तान्जानियालाई ध्वस्त बनाएको छ र सयौँको ज्यान गएको छ ।

ताङ्गानिका तालको उत्तरपूर्वी तटमा रहेको बुरुन्डीको प्रमुख सहर बुजुम्बुरामा धेरै क्षेत्रमा बाढी आएको छ र सडक तथा पुल क्षतिग्रस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया एजेन्सी ओसिएचएले बुधबार अपडेटमा भनेको छ, “अल निनो घटनाका कारण मुसलधारे वर्षा, बाढी र पहिरो निम्त्याएको छ ।”

अप्रिल २६ सम्म दुई लाख ३७ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । विस्थापित ४२ हजारमध्ये आधाभन्दा धेरै महिला रहेको अपडेटमा उल्लेख छ । यस अवधिमा २९ जनाको मृत्यु र एक सय ७५ जना घाइते भएका छन् ।

अफ्रिकाको सबैभन्दा दोस्रो ठूलो ताल ताङ्गानिकाको स्तर लगातार बढिरहेको ओसिएचएले चेतावनी दिएको छ । बुरुन्डी सरकार र राष्ट्रसङ्घले गत महिना अविरल वर्षाको ‘विनाशकारी प्रभाव’ को सामना गर्न वित्तीय सहयोगका लागि अपिल सुरु गरेका थिए ।

यो अवस्थालाई लिएर राष्ट्रपति इभारिस्ट नदायिशिमियेको सरकारको विशेषगरी नागरिक समाज समूहरूबाट आलोचना भइरहेको छ । उनीहरूले अधिकारीहरूसँग आपत्कालीन अवस्था वा प्राकृतिक प्रकोपको अवस्था घोषणा गर्न आह्वान गरेका छन् ।

अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

  दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको

उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।