हेलिकप्टर दुर्घटना हुँदा इराकमा सात जनाको मृत्यु



उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस) ले जनाएको छ ।

युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन ।

कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन् ।

कुर्दिश सुरक्षा बलले हेलिकप्टरको स्वामित्वबारे अनुसन्धान सुरु गरेको र मृतकमध्ये केही कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ ।

पिकेकेलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको छ ।

टर्कीको सेनाले उत्तरी इराक, विशेष गरी पिकेकेको मुख्य आधार कान्दिल पर्वतमा अक्सर स्थलगत अभियान, हवाई आक्रमण र तोप बमबारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

  चीनले  चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

विस्थापितहरूको शिविरमा विस्फोट हुँदा पूर्वी कङ्गोमा नौजनाको मृत्यु

  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य