भूकम्पबाट टर्की र सिरियामा एकसय भन्दाबढीको मृत्यु



टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी एकसय भन्दाबढीको मृत्यु भएको छ । भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् ।

टर्कीको मलाट्यामा मात्रै कम्तिमा २३ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। टर्कीको विपद व्यवस्थापन सम्बन्धी निकायले ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएका जनाएको छ ।

सीमापारी सिरियामा कम्तिमा ४२ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । टर्कीका राष्ट्रपति रेजेप टाइयीप एर्दोआनले सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै सकेसम्म चाँडो र कम क्षतिसहित यो विपद्बाट पार पाउने उल्लेख गरेका छन् ।

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताएका छन् ।

भूकम्प गएको स्थान दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ । यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको थियो । कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दाबढी मानिसले ज्यान गुमाएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा भीषण आगलागी 

  मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना

बाढीमा परी अफगानिस्तानमा १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको