पेशावरमा भएको आत्मघाती विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो



पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका बेला भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

सोमबार भएको विष्फोटमा सुरुमा २८ जनाको मृत्यु भएको बताइएको थियो । उक्त मस्जिद कडा सुरक्षा व्यवस्थापन भएको प्रहरी मुख्यालय क्षेत्र भित्र अवस्थित छ । गत नोभेम्बरमा त्यस समूहले युद्ध विराम अन्त्य गरेसँगै हिंसा बढ्दै गएको छ ।

डिसेम्बरमा उसले देशको उत्तर–पश्चिममा रहेको प्रहरी चौकी लक्षित आक्रमण गरेको थियो जसमा ३३ जना आतङ्ककारी मारिएका थिए ।

अस्पतालका प्रवक्ताले बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ र १५७ जना घाइते भएका छन् । पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताए ।

घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन् ।

अफगानिस्तानसँगको सीमा नजिकै रहेको उत्तर–पश्चिमी सहरमा दिउँसोको प्रार्थनाको समयमा सोमबार करिब साढे एक बजे विस्फोट भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या