इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु



 

मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद एजेन्सीले शनिबार जनाएको छ ।

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ ।

दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले विज्ञप्तिमार्फत बताएका छन् ।

दक्षिण सुलावेसी प्रान्तको लुवु रिजेन्सीमा बाढी र पहिरोका कारण १४ जना बासिन्दाको मृत्यु भएको उनले  जानकारी दिए ।
पहिरोले करिब एक सयभन्दा बढी घर गम्भीर क्षतिग्रस्त भएको, ४२ वटा बगाएको तथा चार सडक र एक पुल क्षतिग्रस्त भएको एजेन्सीले जनाएको छ ।

करिब एक सयभन्दा बढी मानिसलाई मस्जिद तथा आफन्तको घरमा सारिएको बताउँदै अधिकारीहरूले एक हजार तीन सयभन्दा बढी परिवार प्रभावित भएको उल्लेख गरे ।

दक्षिण सुलावेसी प्रान्तको अर्को क्षेत्रमा शुक्रबार बाढीमा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको अब्दुलले बताए ।

मार्चमा सुमात्रा टापुमा आकस्मिक बाढी र पहिरोले कम्तीमा ३० जनाको ज्यान लियो भने अझै धेरै अझै बेपत्ता छन् । डिसेम्बरमा सुमात्राको टोबा ताल नजिकैको पहिरो र बाढीले दर्जनौँ घर बगाएको थियो भने एउटा होटल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार इन्डोनेसियाले वर्षाको मौसममा प्रतिकूल मौसमी घटनाहरूको श्रृङ्खलाको सामना गरेको छ । यो जलवायु परिवर्तनले अझै धेरै बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो

विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने