हाइटीमा भएको हिंसामा १४ सयको मृत्यु



यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले दण्डहीनतालाई सम्बोधन गर्न ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक साहस र जिम्मेवारी’ प्रदर्शन गर्न आह्वान गरेका छन् । अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हाइटीले गम्भीर राजनीतिक, आर्थिक, सुरक्षा र स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ जसले देशलाई कमजोर बनाएको छ र कानून र व्यवस्थालाई बिगारेको छ ।

जुलाई २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि गिरोहहरू शक्ति र क्षेत्रीय नियन्त्रणमा अघि बढेका कारण हाइटीको सङ्कटलाई थप बढाएको थियो । “यो ‘बहुआयामिक र लामो सङ्कटलाई नजरअन्दाज गर्न सकिँदैन,” जेनेभामा आयोजित पत्रकार सम्मेलनमा तुर्कले भने ।

उनले भने, “यो यस्तो देश हो, जहाँ आर्थिक र राजनीतिक सम्भ्रान्तवर्गको सहयोगमा सशस्त्र गिरोहले राजधानीको ६० प्रतिशतभन्दा बढी भाग आफ्नो नियन्त्रणमा राखेका छन् भने देशभर करिब ४७ लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।यस वर्षको सुरुदेखि अहिलेसम्म एक हजार४४८ जनाको हत्या भएको छ, एक हजार १४५ जना घाइते भएका छन् र एक हजार पाँच जना अपहरणमा परेका छन् ।”

गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार प्रमुखको जिम्मेवारी सम्हालेका तुर्कले गिरोहका सदस्यहरूले ‘डर पैदा गर्न र जनसङ्ख्यामाथि नियन्त्रण कायम गर्न यौन हिंसाको प्रयोग गरिरहेको’ आरोप लगाएका छन् ।

अक्टोबरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा गिरोहहरूले यौन हिंसालाई नागरिकहरूलाई ‘दण्डित गर्न, अधीनमा राख्न र पीडा दिन’ र सहयोगलाई बलजफ्ती गर्ने औजारको रूपमा प्रयोग गर्ने गरेको पाइएको थियो ।

यसमा १० वर्षभन्दा कम उमेरका केटाकेटी र वृद्ध महिलाहरूमाथि हुने सामूहिक बलात्कारको विस्तृत विवरण दिइएको छ । उनले सङ्कटको मूल कारण, विशेष गरी सामाजिक असमानता, व्याप्त भ्रष्टाचार, शक्तिशाली सम्भ्रान्त वर्ग र गिरोहका नेताहरूबीचको साँठगाँठ र स्थानीय दण्डहीनतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले हाइटीको आर्थिक र राजनीतिक अभिजात वर्गका सदस्यहरूलाई प्रतिबन्ध लगाउने हालैको निर्णयको स्वागत गर्दै तुर्कले भने, “यसले हाइटीको शान्ति, सुरक्षा र स्थिरतालाई खतरामा पार्नेहरूलाई धेरै कडा सन्देश दिएको छ ।’ उनले हाइटीबाट भागेका मानिसहरूलाई ‘उचित र प्रभावकारी शरण प्रक्रियामा पहुँच’ सुनिश्चित गर्न देशहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार