इथियोपियाका द्वन्द्वरत पक्ष शान्तिका लागि सहमत



इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा द्वन्द्वरत पक्षहरू ‘शत्रुताको स्थायी अन्त्य’ का लागि सहमत भएका छन् । दक्षिण अफ्रिकामा औपचारिक शान्ति वार्ता सुरु भएको एक हप्ता भन्दा बढी समयपछि द्वन्द्वरत पक्षहरू स्थाथी शान्तिका लागि सहमत भएको अफ्रिकी संघका एक मध्यस्थकर्ताले बताएका छन् ।

इथियोपियाको सरकार र टिग्रियाली अधिकारीहरूले व्यवस्थापन, सहज र समन्वयात्मक निशस्त्रीकरण साथै कानुन र व्यवस्थाको पुनस्र्थापनामा सहमति सहमति जनाएका नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगुन ओबासान्जोले शान्ति वार्ताको पहिलो ब्रिफिङमा जानकारी दिए । सम्झौताले इथियोपियाका लागि नयाँ ‘बिहान’ ल्याएको उनले बताए ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले बुधवारको सम्झौताको प्रशंसा गर्दै यसलाई कार्यान्वयन गरिने बताए। ‘शान्तिप्रतिको हाम्रो प्रतिबद्धता अटल छ । सम्झौता कार्यान्वयनका लागि सहकार्य गर्ने हाम्रो प्रतिबद्धता पनि उत्तिकै बलियो छ,’ प्रधानमन्त्री अहमदले एक विज्ञप्तिमा भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई