युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानसँग भेटवार्ता गर्ने भएका छन् ।

उनले यसै हप्ता उनीहरुसँग भेटवार्ता गर्न लाग्नुभएको कुरा महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उदृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो । भेटवार्ता युक्रेनमा नै हुने भएको छ । बिहीबार हुन लागेको भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसपछि शुक्रबार राष्ट्रसङ्घीय महासचिव गुटर्रेसले युक्रेनको दक्षिणी ओडेसा शहरको बन्दरगाह भ्रमण गर्ने पनि बताइएको छ । यही जुलाई २२ मा संयुक्त राष्ट्रसङ्घको समेत उपस्थितिमा सो बन्दरगाहबाट युक्रेनका र अन्य देशबाट आएका खाद्यान्न निकासी गर्न दिने बारेमा युक्रेनले हस्ताक्षर गरेको थियो ।

सो सम्झौता अगष्ट १ देखि कार्यान्वयनमा आएको छ र त्यसयता उक्त बन्दरगाहबाट मात्र पाँच लाख ६३ हजार मेट्रिक टन खाद्यान्न निर्यात पनि भएको छ । युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ । अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ । रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका