अमेरिकाद्वारा युक्रेनलाई ८२ करोड डलर बराबरको सैन्य सहयोगको घोषणा



संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।

पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ ।

रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो । अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ ।

रूसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेका थिए । उनीहरूले रूसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन् । शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा

श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त

  रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने

अफगानिस्तानमा दुई करोड ३७ नागरिकलाई मानवीय सहायता आवश्यक

  सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७

प्रविधिले खाद्य सुरक्षाका लागि उदीयमान अर्थतन्त्रमा कृषिलाई आकार दिन सक्छ:  विश्व आर्थिक मञ्च

  विश्व आर्थिक मञ्चले जारी गरेको एक प्रतिवेदनले विश्वव्यापी कृषि प्रणालीलाई आकार दिने