श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त



 

रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने आशा राखेको बताएका छन् ।

रुसको सेन्ट पिटर्सबर्गमा सुरक्षा मामिलाका लागि जिम्मेवार उच्च प्रतिनिधिहरूको भर्खरै भएको अन्तर्राष्ट्रिय बैठकमा श्रीलङ्काको सहभागितापछि उनले उक्त टिप्पणी गरेका हुन् । राजदूत लियानागेले श्रीलङ्काले ब्रिक्समा सामेल भएर यातायात र खाद्य सुरक्षामा धेरै फाइदा लिन सक्ने बताए ।

ब्रिक्स एउटा उदीयमान बजार सहकारी संयन्त्रको संक्षिप्त रूप हो । यसमा प्रारम्भमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश थिए ।

जनवरी १ मा साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान र इथियोपिया ब्रिक्समा सामेल भएपछि हाल यसको सदस्य सङ्ख्या पाँचबाट बढेर १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र