स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता



युक्रेन–रुस युद्धमा रणनीतिक हिसाबमा महत्वपूर्ण रहेको स्नेक आइल्यान्डबाट रुसी फौज पछाडि हटेको छ । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ भने रुसले संयुक्त राष्ट्रसङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ ।

युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । युद्धको सुरुमै रुसी पानीजहाजविरुद्ध त्यहाँस्थित युक्रेनी सैनिकहरूले लडेको कारण चर्चित बनेको स्नेक आइल्यान्डमा अहिले युक्रेनी नियन्त्रणमा आउनुलाई युद्धको महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले ट्विटरमा लेखेका छन्, ‘स्नेक आइल्यान्डमा अब रुसी सैनिक छैनन्। हाम्रो सशस्त्र शक्तिले महान् कार्य गरे।’

त्यस्तै युक्रेनको दक्षिण सैन्य कमान्डले विजय दाबी गर्दै भनेको छ,’रातको बेला हाम्रो क्षेप्यास्त्र र हतियारको प्रहार सहितको सफल सैन्य कारबाहीको नतिजा स्वरूप विरोधीहरू दुई डुङ्गामा हतारहतार बाहिरिए अहिले यो आगो र विस्फोटले छोपिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका