अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग



अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार आइपुगेको हो ।

चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । पहिलो खेपमा प्राप्त सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् ।

अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् ।

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए । राजदूत वाङले घोषित सहयोगबाट नै राहत सामग्रीको पहिलो खेप प्रदान गरिएको उनले बताए ।

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ । अफगान भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुुलुकले पनि सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

  चीनले  चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

विस्थापितहरूको शिविरमा विस्फोट हुँदा पूर्वी कङ्गोमा नौजनाको मृत्यु

  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य