आगामी साता बाइडेन र सीबीच फोनवार्ता हुने



आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले बताएका हुन् ।

दुई नेताबीच आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताए । विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए । दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो ।

उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए । छलफलका प्रमुख बिषयहरूमा डोनल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने बिदेसको सम्भावित निर्णय हुने अपेक्षा गरिएको छ । ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय भएको थियो ।

यो निर्णयले चीन–अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो । अतिरिक्त करको उद्देश्य संयुक्त राज्य अमेरिकाले व्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकहरूको सुरक्षा गर्नु रहेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको