सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघ महासचिवको आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

उनले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताएका हुन् । महासचिव गुटर्रेसले भने, ‘सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।’

केही दिनअघि यहाँ नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उनले आग्रह गरेका छन् । उनले यस्तो हिंसाबाट कुनै पनि किसीमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र यहाँका सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार