फ्रान्समा एकैदिन ४ लाख ६४ हजारलाई कोरोना सङ्क्रमण



फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । स्वास्थ्यमन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिए ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् ।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् । युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको