रुसले भारतलाई महाशक्ति र समयको परीक्षित मित्रको रूपमा बुझेको पुटिनको भनाई



सोमबार २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय–परीक्षित मित्रको रूपमा बुझेको बताएका छन् ।

“हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय–परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई हेरिरहेको छु,“ पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा आफ्नो उद्घाटन टिप्पणीमा भने ।

राष्ट्रपति पुटिनले टिप्पणी गरे ‘गत वर्ष भारत र रुसबीचको व्यापार १७ प्रतिशतले घटेको थियो तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको अनुभव गरेका छन्।’ सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो । रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका थिए । छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका थिए । ‘हामी पक्कै पनि आतङ्कवाद र यसको विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित छौं।’

यसअघि दुई देशबीच पहिलो पटक २ +२ मन्त्रीस्तरीय वार्ता भएको थियो । दुई देशबीच २०२१–३१ का लागि सैन्य–प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत–रसिया राइफल्स प्रालि मार्फत ६,०१,४२७ एसल्ट राइफल एके–२०३ खरिद गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । यसैबीच राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका