विषालु कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु



तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक पनि भएको बताइएको छ । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन् । तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन् ।

कछुवाको मासु विषाक्त हुने घटनालाई दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ ’क्लेनोनिटक्सिजम’का कारण कछुवाको मासु विषालु बनिदिन्छ । स्पष्ट कारण थाहा नभए पनि कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ ।

अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीबार कछुवाको मासु खाएको स्थानीय प्रहरी अधिकारी जुमा सइद हामिसले बताएका छन् । त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थाले।

एक तीनवर्षे बच्चाको मृत्यु भएपछि शुक्रबार राति थप दुई जनाको र आइतबार चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ ।

अहिले अस्पतालमा भएका बिरामीको अवस्था स्थिर भएको अधिकारीहरूले बताएका छन्।गत मार्च महिनामा म्याडग्यास्करमा कछुवाको मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो । इन्डोनेशिया, माइक्रोनेशिया र हिन्द महासागरका द्वीपहरूमा पनि त्यस्ता घटनाहरू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा एआई–जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक

  युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित

रिपब्लिकन सांसदले अमेरिकी सदनका सभामुखलाई हटाउन प्रस्ताव पेश गर्ने

    अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन

गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ