रिपब्लिकन सांसदले अमेरिकी सदनका सभामुखलाई हटाउन प्रस्ताव पेश गर्ने



 

 

अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् ।

जर्जियाकी रिपब्लिकन कांग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि ‘विश्वासघात’ गरेको आरोप लगाइन् ।

“माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो”, पत्रकारहरूसँग ग्रिनले भनिन््, “आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु ।”

सभामुख जोनसनले एक विज्ञप्तिमा ग्रिनको घोषणालाई ‘रिपब्लिकन कन्फरेन्सका लागि गलत, संस्थाका लागि गलत र मुलुकका लागि गलत’ भन्दै अस्वीकार गरे ।

सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्छ । डेमोक्रेटहरूले असाधारणरूपमा उनलाई आफ्नो पदमा कायम राख्न मतदान गर्ने भनेकाले जोनसनलाई हटाउने सम्भावना भने छैन ।

ग्रिनले भनिन्, “म डेमोक्रेटहरूभन्दा बाहिर गएर रिपब्लिकन सभामुखलाई समर्थन गरेको हेर्न प्रतीक्षा गर्न सक्तिन ।” किएभका लागि अमेरिकी समर्थन कांग्रेसमा विवादको एक प्रमुख स्रोत बनेको छ । धेरै दक्षिणपन्थी रिपब्लिकनहरूले रुससँगको युद्धमा युक्रेनलाई समर्थन बन्द गर्न खोजिरहेका छन् ।

महिनौँको बहस र डेमोक्रेटहरू तथा अमेरिकी सहयोगीहरूको दबाबपछि जोनसनले अन्ततः गत साता युक्रेनका लागि नयाँ सहायता प्याकेजलाई समर्थन गरेका छन् । यसबाट उहाँका पार्टीका केही अति दक्षिणपन्थी सदस्यहरू रुष्ट भए ।

पूर्वरिपब्लिकन सभामुख केभिन म्याक्कार्थीलाई धेरै महिनाअघि ट्रम्प समर्थकहरूको एउटा सानो गुटले युक्रेनमा डेमोक्रेटसँग ‘गोप्य सम्झौता’ गरेको आरोप लगाएपछि यस्तै प्रकारको परिदृश्यमा सभामुखबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा