अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको लागू औषध तस्कर कोलम्बियामा पक्राउ



कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन् । ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो ।

कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भने,‘हाम्रो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो।’

यो गिरफ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ । ओटोनियल पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। गिरफ्तारीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मारिएको राष्ट्रपतिले बताएका छन् ।

कोलम्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा हतकडी लगाएका ओटोनियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ । हालैका वर्षहरूमा ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन् । दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए ।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह लागू औषध र मानिसहरूको तस्करी, अवैध सुन उत्खनन र पैसा असुलीमा संलग्न छ । गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको मानिन्छ। यसका सदस्यहरू आर्जेन्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिरफ्तार भएका छन् ।

सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषध तस्करीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ । कोलम्बियाको सरकारले भने हालैका दिनहरूमा यसको सदस्यहरू कम गरेको र धेरैलाई जङ्गलमा लुक्न बाध्य बनाइएको दाबी गर्छ । ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ ।

सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा

श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त

  रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने

अफगानिस्तानमा दुई करोड ३७ नागरिकलाई मानवीय सहायता आवश्यक

  सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७