उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको दावी



उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । जापानले पनि केही कुरा प्रहार गरिएको र त्यो बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने जनाएको छ ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारलाई अतिशयोक्ति भन्दै त्यसले उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा परेको टिप्पणी गरेका छन् । यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको दोस्रो पटक हो ।

अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य वा उडान दूरीबारे स्पष्ट जानकारी छैन । तर दक्षिण कोरियाको सेनाको सर्वोच्च निकायले आफ्नो सेना अमेरिकासँगको सहकार्यमा पूर्ण तयारीको अवस्थामा बसेको जनाएको छ ।

बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावविरुद्ध छ । गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ । प्योङ्याङले उक्त क्षेप्यास्त्रलाई ठूलो महत्त्वको रणनीतिक अस्त्र भनेको छ । विज्ञहरूका अनुसार उक्त क्रूज क्षेप्यास्त्रले सम्भवतः परमाणु युद्धशीर्ष बोक्न सक्छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले क्रुज क्षेप्यास्त्रको परीक्षण गर्न रोक्दैन । खाद्यान्नको अभाव तथा चरम आर्थिक सङ्कट खेपिरहेको उत्तर कोरियाले कसरी अस्त्र निर्माण गर्न पैसा जुटाइरहेको छ भनेर प्रश्न उठ्ने गरेको छ ।

कोरोनाभाइरस महामारी फैलिएदेखि उक्त राष्ट्र एक वर्षभन्दा बढी समयदेखि बाँकी संसारबाट अलग्गिएको छ। उसले चीनसँगको सीमा पनि बन्द गरेको छ । चीनका विदेशमन्त्रीले आफ्ना दक्षिण कोरियाली समकक्षीसँग बुधवार सोलमा वार्ता गर्न लागेका छन् ।

उत्तर कोरियाको अस्त्र कार्यक्रम तथा निसस्त्रीकरणबारे अवरुद्ध संवाद पनि उनीहरूको वार्ताको विषय हुने अनुमान गरिएको छ । यो वर्ष मार्चमा प्योङ्याङले प्रतिबन्ध उल्लङ्घन गर्दै बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिका, जापान र दक्षिण कोरियाले त्यसको चर्को आलोचना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०