अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि



अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यो विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र नीति निर्माताहरूको आशाका रूपमा चिसो हुँदै गएको पछिल्लो सङ्केत हो ।

देशले गत महिना दुई लाख छ हजार रोजगारी थपेको श्रम विभागले जनाएको छ । यसले श्रम बजार अझै पनि अपेक्षाकृत लचिलो रहेको सङ्केत गर्दछ । त्यहाँ बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको छ ।

मुद्रास्फीति कम हुनुका साथै उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भएको पृष्ठभूमिमा यो प्रतिवेदन आएको हो ।

अझै पनि केही बाटो तय गर्न बाँकी रहेको छ तर हालैका महिनाहरूमा उच्चस्तरमा दरहरू राखेपछि यी सूचकहरूले अमेरिकी केन्द्रीय बैंकलाई ब्याज दर कटौतीको दिशामा थप आत्मविश्वास दिन सक्छन् ।

औसत घन्टाको आम्दानी मासिकरूपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ९ प्रतिशतले बढेको छ ।

हालैका दिनहरूमा तलब वृद्धिले उपभोक्ता मूल्य मुद्रास्फीतिलाई पछाडि पारेको भए पनि यसको व्यापक अर्थतन्त्रमा सकारात्मक भाव देखिएको छैन । यसले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरूबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी