तालिबानले महिला अधिकारसम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको राष्ट्रसंघको आरोप



तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले बताएकी छिन् ।

प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने र यातना दिने गरिएको घटनाको भर्त्सना गरेकी छिन् ।

विभिन्न स्थानमा तालिबानका नजरमा शत्रुवत् ठानिएकाहरू मृत अवस्थामा समेत भेटिएका छन् ।उनले जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई गरेको रिपोर्ट अनुसार कथित कार्यवाहक मन्त्रिपरिषद्को समावेशीताको सवाल केवल प्रचारवाजी मात्र रहेको जसमा महिला र गैर तालिबानको संलग्नता नरहेको बताएकी छिन् ।

अफगानिस्तानमा तालिबानको सत्ता सुदृढीकरणको लागि गत हप्ता पुरुष वफादारहरूको सरकारको घोषणा एक सैन्य विजयको थप शृङ्खला थियो जसको आशय अगस्ट १५ मा अमेरिका समर्थित प्रशासनको पराजय भएको देखाएका थिए ।

१९९६ देखि २००१ सम्म क्रुर र दमनकारी शासनका लागि कुख्यात तालिबानले यस पटक त्यसलाई बिर्साउन र लोकप्रियता कमाउन अझ धेरै आश्वासन दिएको छ। तर सरकारका मुख्य नियुक्ति र अन्य विषयले गर्दा उक्त आश्वासनमा शङ्का उत्पन्न भएको छ ।

गत महिना एक विशेष सत्रका क्रममा अनुरोध गरिएको अधिकार स्थितिको बारेमा काउन्सिल को एक अपडेट मा अधिकार प्रमुखले जोड दिदै भनेकी छिन् धेरैजसो अफगानीहरू दशकौं देखि जारी संघर्ष र विभाजन को अन्त्य हेर्नका लागि उत्सुक थिए।

उनले थपिन् “उनीहरू देशमा शान्ति र स्थिरता चाहन्छन् जहाँ आफू र आफ्ना बच्चाहरू बच्चाहरु समृद्ध हुन सकून् । उनले तालीबानीहरूको महिला अधिकार र सम्मानको घोषणाको विषयलाई स्मरण गराएकी छिन् तर पछिल्ला केही हप्तादेखि महिलाहरूले सार्वजनिक सेवाहरू छाडिरहेको विषयले भने उक्त घोषणाको विपरीत गतिविधिहरू देखिएको छ। उनले महिला र अन्य अधिकारका विषयलाई सम्बोधन र लागू गर्नका लागि एक प्रभावकारी सम्यन्त्र बनाउन आग्रह गरेकी छिन् ।

केही अधिकारवादी समूह र केही देशहरूले यो आशा पनि व्यक्त गरेका छन् कि अक्टोबर सम्म चल्ने वर्तमान काउन्सिल ले यस विषयमा थप प्रभावकारी निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०

स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान