अफगानिस्तानमा तालिबान सरकारको घोषणापछि अमेरिका चिन्तित



अफगानिस्तानमा तालिबानको नयाँ सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन् ।

तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो । अमेरिकी सांसद लिन्डसे ग्राहमले नयाँ सरकारलाई ठग र कसाईहरूको समूह भनेका छन् । ग्राहम राष्ट्रपति जो बाइडनको अफगानिस्तान छोड्ने निर्णयको आलोचना गर्ने वरिष्ठ रिपब्लिकन सांसदहरूमध्ये एक हुन् ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘घोषणा गरिएका नामहरू तालिबानका सदस्य वा तिनको नजिकका सहयोगी भएका र महिला नभएको हामीले देखेका छौँ।’ विज्ञप्तिमा अमेरिकीले तालिबानलाई भनाइका हिसाबले नभई कामका हिसाबमा मूल्याङ्कन गर्ने बताएको छ ।

उसले विदेशी नागरिक र यात्रा कागजात भएका अफगान नागरिकलाई सुरक्षित मार्ग दिने र अफगानिस्तानबाट हवाई उडानहरू गर्न दिने प्रतिबद्धताहरूमा तालिबानलाई कायम राख्न खोज्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका