तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल



अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिबान सरकारका अधिकारीले बुधबार बताएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले हाम्रा नागरिकलाई आदानप्रदानमा मुक्त गर्न सक्षम हुनुपर्छ, जसरी अमेरिकी नागरिकहरू उनीहरू (संयुक्त राज्य अमेरिका) का लागि महत्वपूर्ण छन्, त्यसरी अफगानीहरू हाम्रा लागि महत्वपूर्ण छन् ।”

कतारमा संयुक्त राष्ट्रङ्घको नेतृत्वमा भएको वार्ताका क्रममा अमेरिकी प्रतिनिधिसँग कैदी आदानप्रदानका विषयमा छलफल भएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घका अधिकारी, तालिवान अधिकारी र अफगानिस्तानका लागि विशेष दूतको उपस्थितिमा भएको वार्ता सोमबार सकिएको हो ।

“दुई जना अमेरिकी नागरिक अफगानिस्तानमा थुनिएका छन्,” पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘क्युबाको गोप्य अमेरिकी जेलसहित अमेरिकामा पनि अफगानी कैदीलाई राखिएको छ ।

उनले भने, “हामीले उनीहरूसँग उनीहरूको रिहाइका लागि यसअघि पनि छलफल गरिसकेका छौँ । अफगानिस्तानको शर्त स्वीकार गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस