चिनियाँ लडाकु विमानहरू आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको दावी



ताइवानले आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ । रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ताइवानले एयर डिफेन्स आइडेन्टीफीकेसन जोन भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

ताइपेईले एक वर्ष भन्दा लामो समय देखि चिनियाँ हवाई सैन्यले बारम्बार उक्त टापु नजिकै गर्दै आएको यस्ता उडान बारे गुनासो गर्दै आएको छ । चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तका रूपमा हेर्छ तर ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्छ ।

ताइवानको रक्षा मन्त्रालयले आइतवार बताए अनुसार चिनियाँ उडानमा चार वटा एच–६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ ।

मन्त्रालयले एउटा नक्सा सार्वजनिक गरेको छ जसमा उडानको मार्ग देखाइएको छ । चिनियाँ विमानहरूलाई चेतावनी दिनका लागि क्षेप्यास्त्र प्रणाली तैनाथ गर्नुका साथै आफ्ना लडाकु विमानहरू उडाइएको मन्त्रालयले जनाएको छ ।

यस विषयमा चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन । ताइवानले गरेका टिप्पणीमा आफ्नो विमति अभिव्यक्त गर्न बेइजिङले अक्सर यस्ता मिसनहरू सम्पन्न गर्ने गरेको छ । जुन महिनामा उसले एअर डिफेन्स आइडेन्टीफीकेसन जोनमा १८ वटा सैन्य जेट पठाएको थियो जसलाई हालसम्मकै सर्वाधिक सङ्ख्या मानिन्छ ।

पछिल्लो उडानको कारण के हो भन्ने कुरा स्पष्ट छैन । गत हप्ता ताइवानको रक्षा मन्त्रालये चिनियाँ सैन्यले आफ्नो रक्षा प्रणालीलाई काम नलाग्ने बनाइदिन सक्ने चेतावनी दिँदै चिनियाँ खतरा बढिरहेको बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका