गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा



संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् ।

गुएनामा सुरक्षा फौजको प्रयोग गरी शक्ति हत्याइएको र यहाँका राष्ट्रपति अल्फा कोन्डेलाई बन्दी बनाइएको छ । महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्, ‘गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु ।’ उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी