भियतनामका विद्यालयमा पढाइ सुरु



भियतनामका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । देशका झण्डै दुई तिहाइ क्षेत्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार ती विद्यालयहरुमा आइतबारदेखि विद्यालयस्तरको नयाँ शैक्षिक सत्र सुरु गरिएको हो । कोरोनाभाइरसको महामारीका कारण भियतनामका विद्यालयहरुमा लामो समयदेखि पठनपाठन ठप्प भएको थियो ।

अहिले भने महामारी कम भएको ठहर गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय लिइएको अधिकारीहरुले जनाएका छन् । अहिले पठनपाठन सुरु नगरेका विद्यालयहरुले पनि आइतबारदेखि पठनपाठन सुरु भएका विद्यालयहरुको अवस्था हेरेर र आफ्नो क्षेत्रमा महामारीको अवस्था हेरेर पठनपाठन सुरु गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने जनाइएको छ ।

भियतनाममा कोरोनाभाइरसबाट अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १२ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०