भारतमा थप ३१ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सबैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।

महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला

  फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला

पूर्वी अफ्रिकामा भारी वर्षा र बाढीले १६ लाख मानिस प्रभावित

  भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित

अस्ट्रेलियामा बर्ड फ्लुको पहिलो मानव केस फेला

अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया

बर्डफ्लुको प्रकोपका बीच भारतीय राज्यमा झण्डै एक हजार पक्षी मारिए

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका