फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला



 

फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताए ।

हर्बोसाले किशोरकिशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिए ।

“हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ”, उनले भने ।

उनले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा एक हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ । सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।

फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नो पहिलो केस पत्ता लगाएदेखि डिओएचले एक लाख २६ हजार तीन सय ७८ मामिला र सात हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असैन्यीकृत क्षेत्रभित्र उत्तर कोरियाले सडक र पर्खाल बनाउँदै

  उत्तर कोरियाको सेनाले असैन्यीकृत क्षेत्र (डिएमजेड) भित्र सडक र पर्खाल निर्माण गरिरहेको

जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन्

भारतमा पिएम किसान योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गरिने

  प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि (पिएम–किसान निधि) योजनाअन्तर्गत २० हजार

दिल्ली उच्च अदालतद्वारा केजरीवालको भिडियो सामाजिक सञ्जालबाट हटाउन निर्देशन

दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब