पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते



पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।

पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिए । दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिए । अख्तरले छ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताए । मृतक र घाइतेहरु सबै मुल्तानका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव