ट्रम्पको कम्पनीमाथि फौजदारी अनुसन्धान सुरु



न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले ट्रम्प अर्गनाइजेशनमाथि फौजदारी अभियोगको अनुसन्धान गरिरहेको जनाएको छ । प्रमुख अभियोजनकर्ता लेटिटा जेम्सकी प्रवक्ताले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्तिमाथि थालिएको अनुसन्धान अब देवानी अनुसन्धानको विषय नरहेको बताएका छन् ।

जेम्सले रिपब्लिकन पार्टीका ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको जनाएकी छन् । ट्रम्पले आफूले कुनै गलत काम नगरेको र डेमोक्र्याटिक पार्टीकी अभियोजनकर्ताले गर्ने अनुसन्धान राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताएका छन् ।

जेम्सकी प्रवक्ता फाबिन लेभीले भने, ‘हामीले ट्रम्प अर्गनाइजेसनलाई हाम्रो अनुसन्धान अब देवानी प्रकृतिको नहुने जानकारी गराइसकेका छौँ।’ उनले थपे, ‘अहिले हामीले म्यानहटनको कार्यालयसँग मिलेर सक्रिय रूपमा ट्रम्प अर्गनाइजेसमाथि फौजदारी अनुसन्धान गरिरहेका छौँ। अहिले योभन्दा थप जानकारी छैन।’

के कारण अनुसन्धान देवानीबाट फौजदारीतर्फ मोडियो वा पूर्वराष्ट्रपति स्वयंमाथि व्यक्तिगत कुनै आरोप लागेका छन् कि छैनन् भन्ने खुलाइएको छैन । जेम्सले सन् २०१९ को मार्चमा देवानी अनुसन्धान सुरु गरेकी थिइन् ।

उनको अनुसन्धान ट्रम्पले आफ्ना सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर बैंकहरूबाट ऋण लिएको र कर तिर्ने बेलामा त्यसको भाउ घटाएको भन्ने दाबीहरूमाथि केन्द्रित छ । उनको कार्यालयले ट्रम्प अर्गनाइजेसका म्यानहटन, अपस्टेट न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका सम्पत्तिहरूको कागजात खोजिरहेको छ ।

म्यानहटनका न्यायाधिवक्ताले गत अगस्टमा प्रस्तुत गरेको कानुनी विवरणमा कम्पनीमाथि ब्याङ्क र बिमा जोडिएका विषयमा समाचारहरूमा प्रस्तुत गरिएका जालसाजीका आरोपहरू उदृत गरिएका छन् ।

सन् २०१६ मा ट्रम्पसँग सम्बन्ध भएको दाबी गरिएका दुई युवतीलाई पैसा दिएर चुप लगाइएको आरोपको आर्थिक कारोबार अनुसन्धानको विषय हुनसक्ने बताइएको छ ।

फेब्रुअरीमा उक्त कार्यालयले अनुसन्धानकै क्रममा ट्रम्पको कर फिर्तीको विवरण एउटा लामो कानुनी लडाइँपछि आफूले प्राप्त गरेको जनाएको थियो ।

निकै दबावका बीच समेत राष्ट्रपति छँदा ट्रम्पले आफ्नो कर फिर्ती विवरण सार्वजनिक गर्न अस्वीकार गरेका थिए । उनले त्यस्तो अनुसन्धान ’राजनीतिक प्रतिशोध’ साँध्न गरिएको भन्दै त्यसलाई टार्ने काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा