अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु



अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् ।

अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए ।

तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ । उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् ।

आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त

  रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने

अफगानिस्तानमा दुई करोड ३७ नागरिकलाई मानवीय सहायता आवश्यक

  सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७

प्रविधिले खाद्य सुरक्षाका लागि उदीयमान अर्थतन्त्रमा कृषिलाई आकार दिन सक्छ:  विश्व आर्थिक मञ्च

  विश्व आर्थिक मञ्चले जारी गरेको एक प्रतिवेदनले विश्वव्यापी कृषि प्रणालीलाई आकार दिने

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

  आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं