मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो



अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ । शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ ।

एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ । यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्स्ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।

त्यो खोजका लागि यसले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् ।

तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्ले विभिन्न परीक्षणहरू गर्नेछ । यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्नेछ । अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः ब्लिङ्केन

  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’