इटलीमा दुई हजार वर्ष पुरानो रथ फेला



पुरातत्वविद्ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ सार्वजनिक गरेका छन् । एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको हो जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए । त्यो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ ।

अपवादको रूपमा र राम्ररी संरक्षित अवस्थामा रथ फेला पारिएको उनीहरूको भनाइ छ । पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो । उक्त नगरलाई पुरातात्त्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ । ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन् ।

फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्थामा फेला पारिएको एउटा वक्तव्यमार्फत् जनाइएको छ । पुरातत्वविद्हरूका अनुसार उत्खनन्का क्रममा जनवरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो ।

अधिकारीहरूले इटलीमा अहिलेसम्म गरिएका खोजभन्दा यो फरक रहेको बताएका छन् । रथमा प्रयोग भएका सजावटका कतिपय सामान वैवाहिक समारोह लगायतका सामुदायिक समारोहहरूमा प्रयोग गरिने रहेको उनले उल्लेख गरेका छन् ।

इटलीका संस्कृतिमन्त्री डारिओ फ्रान्चेस्किनले भनेका छन् कि पोम्पेईले आश्चर्यचकित बनाउने क्रम जारी राखेको र अझै २० हेक्टर क्षेत्र उत्खनन् गर्न बाँकी रहेकोले धेरै वर्ष त्यसो गरिरहनेछ ।

नेपल्सको दक्षिण–पूर्वमा करिब २३ किलोकिलोमिटर फैलिएको उक्त प्राचीन शहर संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सम्पदा क्षेत्रमा सूचीकृत छ । उक्त स्थान इटलीका अति लोकप्रिय पर्यटकीय क्षेत्रमा पर्छ। तर कोरोनाभाइरस महामारीका कारण अहिले बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार