वेलायतमै बनेको एस्ट्राजेनिका खोप दिन ईयूद्वारा माग



युरोपेली सङ्घ ईयूले औषधी कम्पनी एस्ट्राजेनिकालाई वेलायतमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड १९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ । एस्ट्राजेनिकाले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले बाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने भन्ने निर्णयले ईयू नेताहरूलाई क्रुद्ध पारेको थियो ।

कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई कारण बताएको छ । तर ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ । खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रिय सङ्गठनको समेत आलोचना भइरहेको छ ।

ईयू र एस्ट्राजेनिकाबिचको सम्झौता गोप्य राखिनुपर्ने बिषय भनिएतापनि ईयूले एस्ट्राजेनिकाले त्यो सार्वजनिक गर्न सक्ने जनाएको छ । विवरणहरूका अनुसार सन् २०२१ को जनवरी मार्च महिनाका लागि ईयूले यसअघि सम्झौता गरेभन्दा ६० प्रतिसत कम डोज खोप पाउने बताइएको थियो ।

द नेदरल्याण्ड्स र बेल्जियमका उत्पादन केन्द्रमा समस्या आएको भन्दै उक्त कम्पनीले आफूहरू ’दुई महिना ढिलो’ हुने जनाएको हो । एस्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन तर शुक्रवार इयूको औषधी नियामकले त्यसको लागि बाटो खोलिदिने अपेक्षा गरिएको छ ।

समस्या समाधानका लागि दुई पक्षबीच बुधवार साँझ वार्ता भएपछि ईयूले आफ्नो पुरानै अडान दोहोर्याएको छ । ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले एउटा ट्विट गर्दै आपूर्तिको समयसीमामा निरन्तर भइरहेको स्पष्टताको अभावप्रति आफूहरूको खेद रहेको बताएकी हुन्।
ईयूले गत अगस्टमा एस्ट्राजेनिकासँग ३० करोड मात्रा खोपको लागि एउटा सम्झौता गरेको थियो ।

जसमा सम्भव भए थप १० करोड डोज उपलब्ध गराउने विषय समेत समेटिएको छ । इटलीले ढिलासुस्तीको यस बिषयलाई लिएर कानुनी उपचारमा जाने चेतावनी दिएको छ । फ्रान्सेली औषधी उत्पादक सानोफीले एउटा घोषणा गर्दै उसले यो वर्षको अन्त्यसम्ममा फाइजर/बायोएनटेकको १२.५ करोड मात्रा खोप उत्पादनमा सघाउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार