कोरोना संक्रमणबाट विश्वमा २१ लाख ३८ हजार भन्दा बढी मानिसको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या ९ करोड ९७ लाख ६९ हजार ६९८ पुगेको छ ।

यस्तै, हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ । विश्वमा ७ करोड १७ लाख ४१ हजार ८६० संक्रमणमुक्त भएका छन् । सक्रमितमध्ये २ करोड ५८ लाख ८७ हजार ६९० जना सक्रिय संक्रमित छन् १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ । हालसम्म १ करोड ५४ लाख ९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या