अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु



विश्वमा ७ करोड १३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड १३ लाख ६७ हजार ८०७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ हजार सात सय ६९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै २४ घण्टामा तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६७ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ९ करोड ९३ लाख २२ हजार ६०४ पुगेको छ । हाल सक्रिय संक्रिमतको संख्या २ करोड ५८ लाख २४ हजार ११५ जना अहिले उपचारका क्रममा छन् । जसमध्ये १ लाख १० हजार ८७८ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैगरी, संक्रमणको सबैभन्दा बढी असर परेको अमेरिकामा २ करोड ५५ लाख ६६ हजार भन्दा बढी संक्रमित भएका छन् । ४ लाख २७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख ६६ हजार सात सय १७ जना संक्रमित थपिएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ३७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ८९१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ६ लाख ५५ हजार ४३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख १६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा भीषण आगलागी 

  मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना

बाढीमा परी अफगानिस्तानमा १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको