न्यायाधीश नियुक्तिका लागि चुनावसम्म कुर्न बाइडेनको आग्रह



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता सर्वोच्च अदालतमा एकजना महिलालाई न्यायाधीशका रुपमा मनोनयन गर्ने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका लागि केही साता बाँकी रहँदा सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रवार निधन भएको थियो ।

उनको निधनपछि उत्तराधिकारी को हुने भन्ने विषयमा राजनीतिक विवाद चुलिरहेका बेला ट्रम्पले आउँदो साता गिन्सबर्गको ठाउँमा अर्की एक महिलालाई नै मनोनयन गर्ने बताएका हुन् । ट्रम्पका डेमोक्रेट प्रतिद्वन्द्वी जो बाइडनले गिन्सबर्गको ठाउँमा अर्को न्यायाधीश ल्याउनका लागि नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावसम्म कुर्न भनेका छन् ।

अमेरिकी कानुनका महत्ववपूर्ण मुद्दामा निर्णय सुनाउनका लागि नौ सदस्यीय अदालतको सैद्धान्तिक सन्तुलन निकै महत्वपूर्ण रहन्छ । २७ वर्ष सेवा गरेकी गिन्सबर्ग अदालतकी चार उदारवादी न्यायाधीशमध्ये थिइन् । उनको निधनको अर्थ अब उनको ठाउँमा आउने न्यायाधीशले अदालतको शक्ति सन्तुलनलाई कन्जरभेटिभतर्फ निर्णायक रूपमा परिवर्तन गर्न सक्नेछ । गिन्सबर्गको उत्तराधिकारीका रुपमा निर्णय गर्ने ट्रम्पले बताइरहँदा डेमोक्रेटहरू त्यही कारण पनि आक्रोशित बनेका छन् ।

आउँदो साता आफूले उम्मेद्वार अघि सार्ने र उम्मेद्वार महिला हुने उनले बताएका छन् । ट्रम्पले यस्तो बताइरहँदा केही समर्थकहरूले समर्थनमा नारा लगाएका थिए र राष्ट्रपतिको एउटै कार्यकालमा तीन न्यायाधीश मनोनयन गर्ने दुर्लभ अवसर ट्रम्पको सामु छ । ट्रम्पले यसअघि नै सर्वोच्च अदालतमा दुईजना न्यायाधीश मनोनयन गरिसकेका छन् ।

अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशको पद जीवनकालका लागि हुन्छ । सन् २०१६ मा अमेरिकाको सर्वोच्च अदालतमा डेमोक्र्याट राष्ट्रपति बराक ओबामाको छनोटलाई सिनेटका रिपब्लिकनहरूले रोकिदिएको तर्क गर्दै नोभेम्बरको चुनावअघि कुनै मनोनयन हुन नहुने भन्दै अहिले डेमोक्रेटहरूले विरोध जनाइरहेका छन् ।

अमेरिकामा न्यायाधीशहरूको नियुक्ति राजनीतिक प्रश्न हो जसको अर्थ त्यहाँ राष्ट्रपतिले न्यायाधीश को बन्ने भन्ने विषय अघि सार्न सक्छन् । त्यसपछि राष्ट्रपतिको चयनलाई स्वीकार गर्ने वा नगर्ने भन्ने सिनेटको मतले तय गर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या