वेलायतमा हजारौँ मानिसलाई अस्पतालमा सङ्क्रमण भएको आशंका



वैज्ञानिकहरूले गरेको एक अध्ययनमा वेलायतमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस सङ्क्रमित भएका हुनसक्ने देखिएको छ । किङ्स कलेज लण्डनले वेलायतका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै सङ्क्रमण भएको पाइएको छ ।

अनुसन्धानकर्ताहरू भन्छन् यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी सङ्क्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ । उनीहरूले एप्रिल २८ सम्म १५ सय सङ्क्रमितहरूको आँकडा केलाएका थिए । त्यतिखेर वेलायतमा सङ्क्रमण उच्च तहमा पुगेको थियो । मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टरका अनुसार यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए ।

उनीहरू वृद्धवृद्धा थिए, कमजोर थिए र अन्य रोग लागेकाहरू थिए । तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो। शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो । अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् सङ्क्रमित भएकाहरूलाई मात्र अस्पतालबाट सङ्क्रमित भएको मानिएको छ । यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा सङ्क्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ ।

तर भाइरसको सङ्क्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै सङ्क्रमित भनेर यकिन गर्न असम्भव हुन्छ । अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ् भन्छन् यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा सङ्क्रमित भएकाहरू समेट्न नसकेको हुन सक्छ ।

साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए । जबकि अधिकांश त्यस्ता मानिस जो अस्पतालमा सङ्क्रमित भए तर जसलाई कुनै उल्लेखनीय असर देखिएन र घरमै विनाउपचार निको भए । जे होस् यो अध्ययनले अस्पतालबाट सङ्क्रमण फैलिने जोखिम तुलनात्मक कम नै रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही