विश्वमा दुई करोड २५ लाख भन्दा बढीलाई कोरोना संक्रमण, ७ लाख ९० हजारको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ९० हजार नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चिनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड २५ लाख ५९ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । यस्तै, संक्रमितमध्ये ७ लाख ९० हजार बढीको मृत्यु भएको छ।

यस्तै, १ करोड ५२ लाख ९१ हजार ७ सय भन्दाबढीको उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६४ लाख ७७ हजार ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ९ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार ८ सय नाघेको छ । कोरोनाका कारण १ लाख ७६ हजार ३ सयबढीको मृत्यु भएका छन् भने ३० लाख ६२ हजार ९ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३४ लाख ६० हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ११ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख १५ हजार २ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही