इजरेल र यूएईबीच ’ऐतिहासिक’ शान्ति सम्झौता



इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) बीच शान्ति सम्झौता भएको छ । योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एउटा वक्तव्यमार्फत् उक्त जानकारी दिएका हुन् । उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

इजरेल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन् । हालसम्म कुनै पनि खाडी अरब देशहरूसँग इजरेलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । तर इरानलाई लिएर बढ्दो साझा चिन्ताहरूले उनीहरूबीच अनौपचारिक सम्पर्क गराएको हो । प्यालेस्टिनी नेताहरूले यसलाई आश्चर्यजनक ढङ्गले लिएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त सम्झौता विश्वासघात भएकाले यूएईस्थित प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको बताए । इजरेलका प्रधानमन्त्री नेतान्याहु र अबुधावीका युवराज अल नह्यानबीच भएको सम्झौतालाई राष्ट्रपति ट्रम्पले एउटा वास्तविक ऐतिहासिक क्षण भनेका छन् ।

सन् १९४८ मा इजरेलले स्वतन्त्रता घोषणा गरेयताको यो तेस्रो इजरेल अरब सम्झौता हो । यसअघि इजरेलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन् । ट्रम्पले ह्वाइट हाउसमा आउँदो साता सम्झौतामा हस्ताक्षर कार्यक्रम हुने जानकारी दिँदै अहिले ’आइस ब्रेक’ भएको भएको बताए ।

त्यसअघि ट्रम्पको ट्वीट घोषणालाई प्रतिउत्तर दिँदै हिब्रु भाषामा नेतन्याहुले ऐतिहासिक दिन भनेका थिए । आफ्नो टेलिभिजन सम्बोधनमा नेतन्याहुले वेस्ट ब्याङ्क विस्तारको आफ्नो योजनालाई स्थगित गर्ने तर ती योजनाहरू कुनै पनि बेला कार्यान्वयन गर्न सकिने अवस्थामा हुने बताए । यस्तो विस्तारले वेस्ट ब्याङ्कको केही क्षेत्र इजरेलको औपचारिक हिस्सा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह

चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि

बेलिजका प्रधानमन्त्री ब्रिसेनोलाई कोरोना संक्रमण

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले वक्तव्य

साउदी अरबमा शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु

साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको

कोरोना संक्रमणबाट युरोपमा एकैदिन करिव चार हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको