इजरेल र यूएईबीच ’ऐतिहासिक’ शान्ति सम्झौता



इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) बीच शान्ति सम्झौता भएको छ । योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एउटा वक्तव्यमार्फत् उक्त जानकारी दिएका हुन् । उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

इजरेल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन् । हालसम्म कुनै पनि खाडी अरब देशहरूसँग इजरेलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । तर इरानलाई लिएर बढ्दो साझा चिन्ताहरूले उनीहरूबीच अनौपचारिक सम्पर्क गराएको हो । प्यालेस्टिनी नेताहरूले यसलाई आश्चर्यजनक ढङ्गले लिएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त सम्झौता विश्वासघात भएकाले यूएईस्थित प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको बताए । इजरेलका प्रधानमन्त्री नेतान्याहु र अबुधावीका युवराज अल नह्यानबीच भएको सम्झौतालाई राष्ट्रपति ट्रम्पले एउटा वास्तविक ऐतिहासिक क्षण भनेका छन् ।

सन् १९४८ मा इजरेलले स्वतन्त्रता घोषणा गरेयताको यो तेस्रो इजरेल अरब सम्झौता हो । यसअघि इजरेलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन् । ट्रम्पले ह्वाइट हाउसमा आउँदो साता सम्झौतामा हस्ताक्षर कार्यक्रम हुने जानकारी दिँदै अहिले ’आइस ब्रेक’ भएको भएको बताए ।

त्यसअघि ट्रम्पको ट्वीट घोषणालाई प्रतिउत्तर दिँदै हिब्रु भाषामा नेतन्याहुले ऐतिहासिक दिन भनेका थिए । आफ्नो टेलिभिजन सम्बोधनमा नेतन्याहुले वेस्ट ब्याङ्क विस्तारको आफ्नो योजनालाई स्थगित गर्ने तर ती योजनाहरू कुनै पनि बेला कार्यान्वयन गर्न सकिने अवस्थामा हुने बताए । यस्तो विस्तारले वेस्ट ब्याङ्कको केही क्षेत्र इजरेलको औपचारिक हिस्सा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको

जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने

  जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती