विश्वमा कोरोना संक्रमितको संख्या ९९ लाख भन्दा बढी



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ९९ लाख ६ हजार ५ सय ७६ जना संक्रमित भएका छन् । विश्वका २ सय १५ मुलुकमा फैलिएको कोरोना भाइरसबाट ४ लाख ९६ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५३ लाख ५७ हजार ९ सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

४० लाख ५१ हजार ६ सय ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । सयुंक्त राज्य अमेरिकामा २५ लाख ५२ हजार ९ सय ५६ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० लाख ६८ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने ५६ हजार भन्दाबढीको मृत्यु भएको छ । रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार ७ सय ९४ पुगेको छ । ८ हजार ७ सय ८१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ ।

भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ लाख ९५ हजार ९ सय भन्दाबढी उपचारपछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका