जोर्ज फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग



प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी अमेरिकी पुरुष जोर्ड फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ । टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए । गत महिना मिनिअपलिसमा एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमाथि करिब नौ मिनेटसम्म घुँडाले टेकिरहेका थिए जुन क्षण मोबाइलमा कैद गरिएको थियो ।

घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ । ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिनेछ । फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानुनहरूमा परिवर्तनका लागि आह्वान गरिन् ।

उनले प्रश्न गरिन्, किन यो प्रणाली भ्रष्ट र अक्षम हुनुपर्छ ? ‘अफ्रिकी अमेरिकीलाई विफल पार्नका निम्ति कानुनहरू व्यवहारमा छन् र त्यस्ता कानुनहरू परिवर्तन हुनैपर्छ। कृपया घृणामा आधारित थप अपराध नहोस्।’ उनले थपिन्, ‘कोही कोहीले ’अमेरिकालाई फेरि महान् बनाऔँ’ भनेका छन्, तर के अमेरिका कहिल्यै महान् थियो? ’ राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत अन्तिम संस्कारमा सम्बोधन गरेका थिए ।

उनले भने, ‘जोर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौँ।’ फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए । कार्यक्रममा उपस्थित चर्चित नागरिक अधिकारकर्मी रेभेरेन्ड अल शार्पटनले भने, ‘दास राख्ने मालिकका नातिनातिनाले अहिले विश्वभरि मालिकहरूका शालिक हटाइरहेको म देखिरहेको छु।’

डेमोक्र्याटिक पार्टीका स्थानीय सांसद अल ग्रीनले भने, ‘जोर्ज फ्लोइड मिल्काउन हुने कुनै वस्तु थिएनन्। यसकारण हामी यहाँ आएका छौँ। उनी अश्वेत हुनु उनको अपराध थियो।’ फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो । मिनिअपलिस र उनी जन्मिएको नर्थ क्यारोलाइनामा पनि स्मृति कार्यक्रमको आयोजना गरिएको थियो ।

फ्लोइडको मृत्युपछि जातीय विभेदविरुद्ध अमेरिकामा जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्यालीहरूको आयोजना गरिएको छ । यसअघि फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी सोमवार पहिलो पटक अदालतमा उपस्थित भएका थिए । अदालतले आरोपित डेरेक शोभिनसँग साढे १२ लाख डलर धरौटी माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका