कोरोनाको उपचारमा वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल गठन



भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वे्दिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन् ।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन् ।

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भने, कोरोनाभाइरसको आयुर्वे्दिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गरेका छन् ।

आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका