अफगान सरकारद्वारा १५ सय तालिबान लडाकू हिरासतमुक्त



अफगान राष्ट्रपति असरफ घानीले बुधबार बिहान एक आदेश जारी गर्दै तत्काल एक हजार ५०० तालिबान लडाकूलाई हिरासतमुक्त गर्ने घोषणा गर्नु भएको छ । अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उक्त आदेश जारी गर्नु परेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हालै संयुक्तराज्य अमेरिका र तालिबान विद्रोही समूहबीच सम्पन्न शान्ति सम्झौतामा अन्तर–अफगान शान्ति वार्ता हुनुअघि अफगानिस्तानका जेलमा बन्दी जीवन बिताइरहेका ५ हजार लडाकूलाई विनाशर्त छाड्ने सहमति भएको थियो । राष्ट्रपति घानीको उक्त घोषणाप्रति तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन, तर एपीलाई प्राप्त तालिबानका जेल आयोगका प्रमुख मुल्लाह नुरुद्दीन तुराबीको पत्रमा सबै बन्दीलाई नछाड्दासम्म शान्ति वार्ता हुन नसक्ने उल्लेख छ ।

पस्तो भाषामा लेखिएको उक्त पत्र गत साता बन्दीहरु, उनीहरुका परिवार र तालिबान नेताहरुलाई पठाइएको थियो । तालिबान समूहले आफूहरुले अमेरिकी प्रतिनिधिमण्डललाई बुझाएको सूचीमा समावेश भएका पाँच हजार व्यक्तिलाई छाड्नु पर्ने बताएको छ, र त्यसका लागि आफूहरुले हरेक व्यक्तिको जाँच गर्ने बताइएको छ । तर, राष्ट्रपतिको आदेशमा पहिलो चरणमा मुक्त गर्न लागिएका १५०० बन्दीहरुलाई उमेर, स्वास्थ्य र उनीहरुले जेलमा बिताएको समयावधिका आधार लिइने उल्लेख छ ।

मुक्त गरिने हरेक बन्दीको बायोमेट्रिक पहिचान लिइने र आउँदा दिनहरुमा कुनै पनि युद्धमा भाग नलिने प्रत्याभूति सहितको लिखित प्रतिबद्धता जनाउनु पर्नेछ । बाँकी ३ हजार ५०० बन्दीलाई अन्तर–अफगान वार्ता शुरु भएपछि मुक्त गरिने छ । घानीको आदेशमा तालिबान समूहले हिंसामा न्यूनीकरण गरेबमोजिम हरेक दुई सातामा ५०० जनाको दरले मुक्त गरिने उल्लेख छ ।

काबुलमा शान्ति वार्ताको परिस्थिति जेसुकै भएपनि राष्ट्रपति घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाबीच जारी राजनीतिक शक्ति सङ्र्षले वातावरण धमिलो बनाएको छ ।

दुबैले राष्ट्रपतिको चुनाव जितेको दाबी गर्दै दुई भिन्न कार्यक्रमबीच राष्ट्रपतिको शपथ लिएका छन् । कतारको दोहामा गत महिना संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच सम्पन्न सम्झौताको शर्तमा १४ महिनाको अवधिभित्र अमेरिकीसमेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ । तर यसको बदलामा तालिबानीले सुरक्षाको प्रत्याभूति गर्नु पर्नेछ ।

सम्झौताअन्तर्गत, अमेरिकाले जुलाईको मध्यसम्ममा अफगानिस्तानमा तैनाथ कूल १३ हजार सैनिकमध्येबाट ८ हजार ६०० मात्र राख्ने र बाँकी करिब ५ हजार फिर्ता गर्ने उल्लेख छ । अमेरिकाले एक अनुमानअनुसार अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँच वटा बन्द गर्नेछ । नाम बताउन नचाहने एक सैनिक अधिकारका अनुसार अमेरिकी सेनाले दक्षिणको हेल्मान्ड प्रान्तको राजधानी लश्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका