आगामी महिना शरणका लागि कुनै आवेदन नलिने ग्रीसको घोषणा



टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने “ढोका” खोलिदिएपछि ग्रीसले आगामी महिना शरणका लागि कुनै आवेदन नलिने घोषणा गरेको छ।

यसअघि ग्रीसका अधिकारीहरूले करिब १०,००० आप्रवासीलाई टर्कीसँग जोडिएको स्थलसीमामा रोकिएको बताएका थिए।

ग्रीसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले आफ्नो सीमामा “अधिकतम अवरोध” गरिएको बताए। टर्कीले सिरिया युद्धका कारण ठूलो सङ्ख्यामा भागिरहेका मानिसको भार आफूले थेग्न नसक्ने बताएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले गत शुक्रवारदेखि आप्रवासीहरूलाई छिमेकी ईयू सदस्यराष्ट्र ग्रीस र बल्गेरियातिर जाने प्रयास गर्न अनुमति दिने बताएका थिए।

गत साता उत्तरी सिरियाको इड्लिब प्रान्तमा एउटा हवाई आक्रमणमा ३३ जना टर्किश सैनिक मारिएपछि उनले उक्त घोषणा गरेका थिए।

टर्कीमा झन्डै ३७ लाख सिरियाली शरणार्थी छन्। अफगानिस्तानसहित अन्य देशका आप्रवासीहरू पनि त्यहाँ पुगेका छन्। युरोपेली सङ्घसँग सन् २०१६ मा भएको सहायतासम्बन्धी एउटा सम्झौताका कारण उसले पहिला ती शरणार्थी र आप्रवासीहरूलाई युरोप जान रोक्ने गरेको थियो।

तर एर्दोआनले ईयूले आफ्नो वाचा पालना नगरेको आरोप लगाएका छन्। ईयूको सीमासुरक्षा हेर्ने निकायले टर्कीसँग जोडिएको युरोपेली सीमामा उच्च सतर्कता अपनाइएको जनाएको छ।

ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले आइतवार साँझ ट्वीट गर्दै शरणको आवेदन हाललाई निलम्बन गरिएको घोषणा गरेका छन्। “पूर्ण युरोपेली समर्थन सुनिश्चित गर्न” उनले एउटा युरोपेली सन्धिको आपत्कालीन खण्ड लागु गरिएको बताएका छन्।

ग्रीस सरकारका अनुसार २४ घण्टामा झन्डै १०,००० आप्रवासीहरूलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको छ। ग्रीस र टर्कीको स्थलसीमामा आप्रवासी र सुरक्षाकर्मीबीच झडप पनि भएको छ। ग्रीसका सुरक्षाकर्मीले आप्रवासीहरूलाई रोक्न अश्रुग्यास प्रहार गरेका छन् भने आप्रवासीहरूले पनि ढुङ्गा हानेका छन्।

ग्रीसका अधिकारीहरूले समुद्री मार्ग हुँदै ग्रीसका टापुहरूमा पनि आप्रवासीहरू प्रवेश गरेको जनाएका छन्। ईयूले आफ्ना मापदण्डको रक्षा गर्न ग्रीस र बल्गेरियाको सहायता गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही