कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि चीनबाट विदेशीको उद्धार सुरु



चीनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेर करिब छ हजार पुग्दै गर्दा विभिन्न देशहरूले आफ्ना नागरिकहरूको उद्धार सुरु गरेका छन्।

नयाँ भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन्। त्यो सङ्ख्या १७ वर्षअघि फैलिएको अर्को कोरोनाभाइरस सङ्क्रमण सार्सको भन्दा बढी हो।

अहिलेसम्म यसका कारण १३२ जनाको ज्यान गइसकेको छ। चिनियाँ चिकित्सा अधिकारीहरूले सङ्क्रमितहरूको सङख्या अर्को सातासम्म बढ्ने क्रममा नै रहनसक्ने बताएका छन्।

जापानले उद्धार गरेका जापानीहरूले वुहानबाट टोक्यो पुग्दा आफूहरूले ठूलो राहत पाएको अनुभव साटेका छन्। भाडामा लिइएको एक विशेष विमानमा उनीहरूलाई उडाइएपछि विमान भित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको बताइएको छ। अस्ट्रेलिया, न्यूजील्यान्ड र युरोपेली सङ्घ ईयूले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएको छ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ।

चीनमा अहिले ७,००० को आसपास नेपाली नागरिक रहेको नेपाली दूतावास बेइजिङको भनाइ छ। तीमध्ये भाइरस प्रभावित हुबेको वुहान वरपर करिब १०० नेपाली रहेका छन्।

सङ्क्रमण फैलिएपछि केही दिनअघि वुहानमा मृत्यु भएका एक नेपालीको शव समेत नेपाल फिर्ता ल्याउन नसकिएको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताएका थिए।

लम्सालले भने: “हामी चिनियाँ परराष्ट्र मन्त्रालयसँग निरन्तर परामर्शमा छौँ। हामी वुहानका नेपालीहरूसँग पनि निरन्तर सम्वादमा छौँ।”

“आत्तिनु पर्ने अवस्था छैन। हामीले पनि आफ्ना नागरिक नेपाल फिर्ता लैजानेबारे आवश्यक सम्वाद र समन्वय गरिरहेका छौँ।” यसैबीच संयुक्त अरब इमिरेट्स यूएईमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति वुहानबाट फर्किएका थिए। उनको अवस्था स्थिर रहेको बताइएको छ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गहब्रहयससले नयाँ भाइरसको सङ्क्रमण रोक्नु डब्लूएचओ र चीनको पहिलो प्राथमिकता भएको बताएका छन्।

डब्लूएचओले महामारी रोक्ने पहललाई सघाउने छिट्टै अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली चीन पठाउन लागेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका