श्रीलङ्काको राष्ट्रपतिमा गोटाबाया राजापाक्षे विजयी



श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन् ।

राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए । सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

  चीनले  चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

विस्थापितहरूको शिविरमा विस्फोट हुँदा पूर्वी कङ्गोमा नौजनाको मृत्यु

  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य