एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने



काठमाडौँ  । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

बेलबारी (मोरङ)। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप

काभा महिला भलिबलमा पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला

प्रकाश राईलाई शारीरिक सुगठनको उपाधि

काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि फोनिक्स फिट्शालाका प्रकाश राईले

महिला लिग फुटबलमा चन्द्रपुर र बागमतीबीचको खेल बराबरी

  काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा